असार २८, काठमाडौं । विवादमा परेको राष्ट्रिय चिकित्सा शिक्षा विधेयक आज बस्ने व्यवस्थापिका संसदको बैठकमा पेस गर्ने कार्यसूची रहेको छ ।
सत्ता पक्ष र प्रतिपक्षविच विवादका वावजुद पनि आजो सो विधेयक संसदमा प्रस्तुत हुने भएको हो । सत्ता पक्षले परिमार्जित सहितको विधेयक प्रस्तुत गरेको छ भने प्रतिपक्षले गोविन्द केसीसँग भएको व्यवस्था हुवहु विधेयकमा राख्नु पर्ने भन्दै विरोध जनाएको छ ।
सरकारले काठमाडौं उपत्यका भित्र पनि मेडिकल कलेज खोल्न पाउने व्यवस्था विधेयकमा रहेको छ । सांसदहरूले संशोधन दर्ता गराउन समेत सक्नेछन् । संसदको बैठक दिउँसो १ बजे बोलाइएको छ ।
गएको शुक्रबार मन्त्रालयले संसदमा दर्ता गराएको थियो । विधेयक संसद्मा दर्ता गरे पनि असार १७ को बैठकमा कांग्रेसले विरोध जनाएपछि संसद्मा पेस हुन सकेको थिएन ।
डा. गोविन्द केसी अध्यादेशमा भएको व्यवस्था हुबहु विधेयकमा राख्नुपर्ने मागसहित जुम्लामा आमरण अनसन बसिरहेका छन् ।










प्रतिक्रिया दिनुहोस्