Banner News

वाइयात कुरा गर्नेलाई साइवर क्राईम कडा ढंगले लागु गर्नुपर्छ : सांसद वस्नेत



असार २८, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का युवा नेता, पूर्व उद्योगमन्त्री तथा सांसद वस्नेतले वाढी र पहिरोमा परेका जनतालाई उद्धार तथा राहत कार्यमा कुनै पनि कमी कमजोरी नगर्न आग्रह गर्दै सामाजिक सामाजिक सञ्जालमा मानविय संवेदनामाथि खेलवाड गर्ने जो कोहीलाई कारवाही गर्न माग गरेका छन् ।

विगत तीन दिनदेखि लगातार अविरल वर्षाका कारण देशभर ठूलो क्षती भईरहेको समयमा सामाजिक सञ्जालमा पानी जहाजको अनौतिक फोटोहरु राखी राष्ट्रका जिम्मेवार व्यक्तिको कार्य माथि नकरात्मक रुपमा प्रश्न चिन्ह खडा गर्ने व्यक्तिहरुलाई साइवर क्राइमको कारवाही गर्न जोडदार माग गरेका छन् ।

संसदमा विशेष समयमा बोल्दै सांसद वस्नेतले भक्तपुरमा सडकमा बाढी आएको फोटो हालेर पानी जहाजको कुरा गरेर मानवीय संवेदनामाथि खेल्ने काम भएको बताए । बाढीको फोटो हालेर पानी जहाजको कुरा गरेर मानवीय संवेदनामाथि खेलवाड गर्नेलाई सञ्चार मन्त्रालयले कडा कारबाही गर्नुपर्ने उनले बताए ।

उनले भने ‘भक्तपुरका जनताहरु बाढीको पीडामा अलमलि रहनुभएको छ । कतिपय मान्छे सामाजिक सञ्जालमा फोटो खिचेर पानीजहाज आएछ भनेर उडाइरहेका छन्’ उनले भने ‘सक्नुहुन्छ भने बाढीपीडित भक्तपुर र देशभरिका जनतालाई सहयोग गर्नुस् सक्नुहुन्न भने यो संवेदनामा खेलेर पानीजहाजको कुरा नगर्नुस् यो वाहियात कुरा गर्नेलाई कारबाही गर्नुपर्छ । साइबर क्राइमलाई कडा ढंगले लागू गर्नैपर्छ ।’

अविरल वर्षाका कारण चागुनारायणमा तीनको मृत्यु भएको विषयमा दुःख व्यक्त गर्दै अविरल बर्षाका कारण हनुमन्ते र खस्याङखुसुङमा आएको बाढीले हनुमानघाटस्थित परोपकार केन्द्र, सिद्धीस्मृति बाल अस्पताल, राममन्दिर, बालकोट जाने पुल भत्कीए, लगायतका ठाउँहरुमा वाढीको प्रभाव ठाउँहरुमा सरकारले उद्धारकार्यमा राती तीन वजेदेखि नै खटेकोमा धन्यवाद दिदै पिडितलाई आवश्यक सहयोगलाई अझ वृद्धि गर्न माग गरेका छन् । त्यस्तै भक्तपुरमा वेलीव्रिज बनाउन समेत माग गरेका छन् ।

त्यस्तै भक्तपुरमा ट्रिपरका कारण धरै मानिसको मृत्यु हुने गरेको जसमा गृहमन्त्रालयले वेलुका ८ देखि विहान पाँच वजेसम्म मात्र ट्रिपर चल्न दिने निर्णयको स्वागत गरेका छन् ।

भक्तपुरमा यातायात व्यवस्थापनको निम्ती पाँच ठाउँमा ट्राफिक लाइटको आवश्यक रहेको बताउँदै सल्लाघारीस्थित इुवामुरा अस्पताल, मध्यपुर थिमिस्थित मध्यपुरथिमि अस्पताल समेत जलमग्न भएको संसदमा जानकारी गराउँदै अरनिको हाइवेमा स्कार्य ओभरवे (स्काइव्रिज) बनाउने पर्ने बताए ।