समाचार

नेपाल–भारत जलमार्ग सम्भाव्यताबारे छलफल गर्न भारतीय टोली नेपाल आउँदै



असार २९, काठमाडौं । नेपाल–भारत जलमार्गका विषयमा दुई देशका अधिकारीबीच छलफलका लागि भारतीय टोली नेपाल आउने भएको छ ।

आइतबार र सोमबार काठमाडौँमा हुने छलफलमा नेपाललाई जामार्गमा जोड्नको निम्ती के कस्ता उपायहरु अपनाउन सकिन्छ, समस्या तथा समस्या समाधानका उपायहरुको वारेमा छलफल हुने भएको छ । छलफलमा जलमार्ग हुँदै सामान ल्याउनेबारे पनि कुराकानी हुने बताइएको छ ।

प्रधानमन्त्री केपी ओलीको राजकिय भारत भ्रमणका क्रममा दुई देशका प्रधानमन्त्रीहरुले दुई देशबीचको व्यापार तथा पारवाहन सम्झौतामा जलमार्ग पनि थप्ने गृहकार्य गर्न सम्वन्धित अधिकारीलाई निर्देशन दिएका थिए । सोहि अनुसार कार्य गर्न भारतीय टोली नेपाल आउने भएको हो । दुवै देशका तर्फबाट भएका अध्ययन र सम्भाव्यताका विषयमा अधिकारीहरुबीच छलफल हुनेछ ।

जलमार्ग अध्ययन गर्न बनेको समितिका संयोजक जल तथा उर्जा आयोगका सहसचिव माधव बेल्वासेले भारतीय इनल्याण्ड वाटरवे अथरिटीका उपाध्यक्षसहित ४ जना नेपाल आउन लागेको जानकारी दिएका छन् । समितिमा गोपाल सिग्देल, प्रविणराज अर्याल, तर्कराज भट्ट, रिता धिताल र महेश्ववर श्रेष्ठ सदस्य छन् ।

हल्दिया–बनारस जलमार्गको कटिया भन्ने ठाउँमा नेपालको कोशी नदी मिसिन्छ । बिहारमा पर्ने कटिहार नेपाली सीमाबाट करिब १५० किलोमिटर तल छ । त्यस्तै नारायणी नदी पटना नजिकै पुगेर गंगामा मिसिन्छ । यसरी हेर्दा अहिले नेपालले जलमार्ग प्रयोग गरे कोही र नारायणी नदीको प्रयोग गर्ने सम्भावना देखिएको छ ।