समाचार

विश्वकप फाइनल : क्रोएसिया VS फ्रान्स



असार ३१, एजेन्सी । विश्वकपको आज हुने फाइनल खेलका लागि फ्रान्स र क्रोएसिया रणनीतिमा जुटेका छन् । आइतबार राति रुसको लुज्निकी रंगशालामा नेपाली समयअनुसार राति पौने ९ बजेदेखि सुरु हुँदैछ ।

फ्रान्स पछिल्लो २० वर्षमा ४ ठूला प्रतियोगिताको फाइनलमा पुगेको छ भने तेस्रो पटक विश्वकपको फाइनल खेल्दैछ । आजको खेलमा दुवैतर्फबाट सेमिफाइनलमा भिडेका खेलाडी नै हुने सम्भावना  छ।

फ्रान्सको टोली – ह्युगो लोरिस,बेन्जामिन पाभाड, राफायल भारान, सामुअल उम्टीटी, लुकास हर्नान्डेज, पाउल पोग्बा, एनगोलो कान्टे, केलियान एमबापे, आन्टन ग्रिजमन, ब्लेइस माटुडी,ओलिभर जिरुड रहने छन् ।

क्रोएसियाको टोली – डानियल सुबासिच, सिमे भार्साज्को, डेजन लोर्भेन, डोमागोज भिडा, इभान स्ट्रिनिच, इभान राकिटिक, मार्सेलो ब्रोजोभिच,आन्टे रेबिच, लुका मोड्रिच, इभान पेरिसिच, मारियो मान्डुज्किचरहने छन् ।