साउन १, स्याङजा । नेपाल फोटो पत्रकार जिल्ला संघको आयोजना र पुतलीबजार नगरपालिकाको सहयोगमा दुई दिने फोटोग्राफी तालिम सम्पन्न भएको छ ।
जिल्लाका क्रियाशिल पत्रकारलाई मध्येनजर गर्दै आयोजना गरिएको फोटोग्राफी तालिमा १० जना फोटोपत्रकाहरु सहभागी भएका थिए । उक्त तालिममा हरेक विधामा कलम चलाएका जिल्लाका संचारकर्मीहरुको पनि उपस्थित थियो । अध्यक्ष प्रतिक्षा काफ्लेका अनुसार तालिममा सहभागीलाई फोटो कसरी खिच्ने, फोटो कस्तो खिच्ने र फोटोपत्रकारीताको आचार संहीताको वारेमा जानकारी तथा क्यामरामा कसरी सेटिङ मिलाउने र फोटो इडिट, क्याप्सनलेखन, फोटो फोकसबारे सिकाइएको विभिन्न कुराहरु सिकाइएको थियो ।
तालिममा राष्ट्रिय समाचार समितिका सिनियर फोटो पत्रकार प्रदीपराज वन्त र फोटोग्राफर राजन काफ्लेले प्रशिक्षण दिएका थिए । तालिमलाई सम्बोधन गर्दै नगरप्रमुख सीमा क्षेत्रीले समाजको यर्थाथ चित्रण पत्रकारीताले नै गर्ने भएकाले पत्रकारीताप्रति पुतलीबजार नगरपालिका सकरातमक रहेको बताएकि थिइन । ‘एउटा फोटोले हजार शव्द बोल्छ भनिन्छ’ उलने भनिन, ‘नगर क्षेत्रका पर्यटकीय, धार्मिक, सांस्कृतिक लगायत विभिन्न तस्बिरहरु खिचेर प्रचारप्रसारमा ल्याउन फोटोग्राफी तालिमको आवश्यक थियो । जसकारण तालिम आयोजना गरिएको हो । आगामी दिनमा हामीले कहाँ के सहयोग गर्नुपर्छ तयार छौ । पत्रकारले यर्थाथ चित्रण गरिदिए पुग्छ ।’ उनले नगरक्षेत्रको पहिचान प्रचारप्रसारमा ल्याउन अनुरोध गरिन ।
जिल्लाका क्रियाशिल १५ जना पत्रकारहरुको उपस्थिती रहेको तालिममा जिरो लेभलबाट क्यामरा सिकाइएको प्रशिक्षकद्धय बताउछन । उनीहरुका अनुसार दुईदिने तालिममा ५० प्रतिशत मात्र सिकाउन सफल भइएको छ । संख्यातम रुपमा भन्दापनि गुणत्मक रुपमा तालिम फलदायी रहेको संघकी अध्यक्ष प्रतिक्षा काफ्लेले बताइन ।










प्रतिक्रिया दिनुहोस्