सम्पादकीय

फास्ट ट्रयाक निर्माणमा किचलो, अबको विकल्प के ?



छोटो दुरीमा काठमाडौंसँग तराई मधेश जोड्ने बहुचर्चित आयोजनाको रुपमा लिईएको तराई÷मधेश दु्रत मार्ग (फास्ट ट्रयाक)को जिरो प्वाइन्ट अर्थात काठमाडौं तर्फको बसपार्क राख्ने विषयलाई लिएर सुरु भएको विवाद लामो समयदेखि कायमै छ । ललितपुरको खोकनामा दु्रत मार्गको जिरो प्वाइन्ट राख्ने योजना स्वरुप निर्माणको जिम्मा पाएको नेपाली सेना गत फागुमा खोकना प्रवेश गरेसँगै विवाद बढेको हो । याे खबर अाजकाे नेपाल समाचारपत्रमा छ ।

खोकना बासीले सेनाको अस्थायी क्याम्पलाई घेरा हाल्ने, धर्ना दिने, मसाल जुलुस गर्ने लगायतका विभिन्न विरोधका कार्यक्रमलाई निरन्तरता दिए । उचित मुआब्जा दिनुका साथै ऐतिहासिक सम्पदाको संरक्षण गर्नुपर्ने खोकनाबासीको सुरुदेखिकै माग हो । खोकनाको ऐतिहासिक सिकाली चौर आयोजनाले मास्ने भन्दै यसलाई बचाउनु पर्ने खोकना बासीको माग छ ।

विवादै विवादकाबीच खोकनामा कायम गरिएको जिरो प्वाइन्टलाई सारेर बुंगमतीको फर्सिडोलमा कायम गर्ने गरी जनप्रतिनिधि, आयोजनाबीच एक किसिमको सहमति गर्दै मन्त्रिपरिषदबाट अनुमोदनका लागि फाइल रक्षा मन्त्रालय पुगिसकेको छ । यसप्रति असन्तुष्टि जनाउँदै बुंगमतिका स्थानीयले निरन्तर विरोध गरिरहेका छन् । विरोध साम्य हुनुका सट्टा बढ्दै गएको छ । आयोजना र स्थानीयबीच पटक–पटक छलफल भएपनि अहिलेसम्म निकास निस्कन सकेको छैन् ।

सार्वजनिक सुनुवाई गर्दा खोकना, सैंबु, बुंगमतीका स्थानीयबासीले यस परियोजनाप्रति सुरुदेखि नै असन्तुष्टि रहेको छ । बाहिरी चक्रपथ, हाइटेन्सन लाईन, बाग्मती करिडोर, स्मार्ट सिटी जस्ता परियोजनामा आफ्नो जग्गा छोड्नु परेकोले नै आफूहरु सुकुम्बासी बन्ने भन्दै सुरुदेखि नै यस्ता परियोजनाप्रति स्थानीयबासीले विरोध गरिरहेका छन् ।

फास्ट ट्रयाक निर्माणप्रति पनि स्थानीयको विरोध गर्दै आएका छन् । विरोधकाबीच सेनाले अहिले जिरो प्वाईन्टको काम गर्न सकिरहेको छैन । निरन्तर विरोध भैरहेकोले यस रुटको विकल्प के भन्ने बारेमा विभिन्न समयमा गरिएको अध्ययनले विकल्पहरु दिएको छ ।