विराटनगर, ८ फागुन । नेपाल पत्रकार महासङ्घ मोरङको बाह्रौँ अधिवेशनबाट अध्यक्ष पदमा बन्धु पोखरेल विजयी भएका छन् ।
त्यसैगरी, उपाध्यक्षमा कुमोद अधिकारी, उपाध्यक्ष महिलामा सुशीला पाठक, इन्दिरा भट्टराई निर्वाचित भएका छन् । दुवै जनाले समान मत ल्याएका हुन् ।
यस्तै,सचिवमा अर्जुन आचार्य, सहसचिव समावेशीमा सत्यनारायण शर्मा, कोषाध्यक्षमा सन्तोष सिग्देल निर्वाचित हुनुभएको हो ।
सदस्यमा खुल्लातर्फबाट धु्रव भट्टराई, हरि अधिकारी, कौशल निरौला, सरोज बस्नेत, श्रीमन्त भट्टराई र सुमन घिमिरे विजयी भएका छन् भने आरक्षिततर्फ ज्योति चौहान महिला प्रेम देवान आदिवासी र नवीन कर्ण मधेसी सदस्य पदमा विजयी हुनु भएको छ ।
केन्द्रीय पार्षद्मा अजित तिवारी, विजय खतिवडा, विक्रम लुइँटेल, विक्रम निरौँला, विनोद भण्डारी, गोकुल पराजुली, कमल रिमाल, लीलाबल्लभ घिमिरे, महेन्द्र विष्ट, मोहन भण्डारी, सञ्जीव खनाल, उद्धव घिमिरे, यज्ञप्रसाद शर्मा निर्वाचित हुनुभएको छ ।
यस्तै, महिला आरक्षित पदमा विनु तिम्सिना, ललिता भट्टराई, शान्ति गौतम दाहाल, उमा थापा पोखरेल विजयी हुनुभएको छ ।
एक सय ८३ जना मतदातामध्ये १७५ जनाले मतदान गरेको निर्वाचन समितिले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्