समाचार

इन्टरनेटको नयाँ मुल्य सिफारिस हुने : सहसचिव मिश्रको नेतृत्वमा समिति गठन



साउन ४, काठमाडौं । सरकारले इन्टरनेटको मुल्य एक हप्तामा सिफारिस गर्ने गरी सञ्चार मन्त्रालयका सहसचिव विरेन्द्र मिश्रको नेतृत्वमा समिति गठन गरेको छ ।

समितिमा मिश्रको नेतृत्वमा समिति गठन गरिएको समितिमा अर्थ मन्त्रालय, नेपाल दूरसञ्चार प्राधिकरण र आईएसपी एसोसिएसनका पदाधिकारीहरु सदस्य छन् । उक्त समितिले इन्टरनेट सेवाको मूल्य तय गर्न सिफारिस समिति बनाइएको छ । सरकारले लगाएको १३ प्रतिशत दूरसञ्चार करलाई देखाएर इन्टरनेटको शूल्क बढाएपछि मूल्य समायोजनको प्रयास थालिएको हो ।

सरकारले साउन १ देखि १३ प्रतिशत दूरसञ्चार कर लगाएको छ । यसले मूल्य नबढ्ने सरकारको दाबी छ । ४ वर्षअघिसम्म ४२ डलर प्रतिएमबीपीएसरप्रतिमहिना रहेको इन्टरनेट ब्याण्डविथको मूल्य हाल ८ देखि १० डलरसम्म ओर्लिएको छ । त्यसैले १३ प्रतिशत कर लगाउँदै मूल्य नबढ्ने सरकारको दाबी छ । यता सेवा प्रदायकहरुले भने हाल सेवामा आफूहरुलाई २ देखि ७ प्रतिशत मात्रै नाफा भएको भन्दै मूल्य बढ्ने बताएका छन् ।