सम्पादकीय

मन्त्रीकै अर्घेल्याइँले रोकियो बाहिरी चक्रपथ



उपत्यकामा बाहिरी चक्रपथ निर्माणको चर्चा हुन थालेको बर्सौं बितिसके पनि अझै निर्माण सुरु हुन सकेको छैन। पछिल्लो समय विभागीय मन्त्रीले नै बाहिरी चक्रपथ निर्माण रोकेका छन् । यो खबर आजको अन्नपूर्ण पोस्ट दैनिकले छापेको छ ।

काठमाडौं उपत्यका विकास प्राधिकरणले चक्रपथ निर्माणसम्बन्धी सबै विवरण मन्त्रालय पठाएको अवस्थामा सहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले निर्माण प्रक्रियामा थप छलफल गरी निर्णय लिनुपर्ने भन्दै प्रक्रिया रोकेका हुन्।