साउन ५, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले किराना पसल खोले झैं को ग्राहक आउँछ भनेर कुर्ने प्रकारको क्याम्पस खोल्नु नहुने वताएका छन् ।
विश्वविद्यालयका कुलपतिसमेत रहनुभएका प्रधानमन्त्री ओलीले विश्वविद्यालयको ५९ वार्षिक दिवस र सिनेट बैठकलाई आज सम्बोधन गर्दै समृद्ध नेपाल सुखी नेपालीको अभियानलाई साकार पार्न प्रमुख भुमिकाको रुपमा शिक्षा रहेको भन्दै प्रम ओलीले मुलुकको विकास र समृद्धिका लागि आवश्यक पर्ने जनशक्तिको पूर्वानुमान गरी लक्षित क्षेत्र र वर्गलाई ध्यान दिएर कलेजको सम्बन्धन दिन र अध्ययन अनुसन्धान गर्न निर्देशन दिए ।
प्रधानमन्त्री ओलीले मुलुकमा कुन विषयमा कति जनशक्ति आवश्यक पर्छ भन्नेबारेमा स्पष्ट योजना ल्याउन त्रिभुवन विश्वविद्यालयका पदाधिकारीलाई निर्देशन दिएका छन् । देशको समृद्धि र जनताको सुखका लागि परिपूरण हुने शिक्षाको खाँचो रहेको भन्दै प्रधानमन्त्री ओलीले छलफल गरी निष्कर्ष र योजना तय गरेर कार्यान्वयनमा जानुपर्ने बताए ।
सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विश्वविद्यालयले प्राविधिक धारलाई बढावा दिनुपर्नेमा बताउँदै नेपालको शिक्षाले विश्व बजारमा स्थान प्राप्त गर्ने प्रकारको हुनुपर्ने बताए ।
उपकुलपति डा तीर्थराज खनियाँले राष्ट्रको उच्चशिक्षामा ८० प्रतिशतभन्दा बढी जिम्मेवारी त्रिविले बहन गरिरहेको उल्लेख गरे ।










प्रतिक्रिया दिनुहोस्