शैक्षिक

तारा एअरको नयाँ ट्विनअटर विमान काठमाडौंमा अवतरण



साउन ६, काठमाडौं । तारा एअरको  नयाँ ट्विनअटर विमान शनिबार काठमाडौं अवतरण गरेको छ ।

भाइकिङ ४०० श्रृंखलाको विमान सेसेयल्स, माल्दिभ्स, भारत हुँदै काठमाडौं आइपुगेको हो ।

विमानको चालक क्याप्टेन प्रभाकर घिमिरे, पवन सिंह नगरकोटी तथा प्रविधिक  इन्जिनियर जगत लामा रहेका छन् ।

भाइकिङ ४०० श्रृंखलाको ट्विनअटर विमानले लुक्ला, डोल्पा, रारालगायतका विमानस्थलमा उडान भर्न सक्षम रहेको कम्पनीले जनाएको छ ।