साउन ६, काठमाडौँ । नेपाली कांग्रेससका सस्थापक तथा नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वर प्रसाद कोइरालाको ३६ औ स्मृति दिवस आज बिभिन्न कार्यक्रम गरी मनाइँदैछ ।
घाँटीको क्यान्सरको कारण कोइरालाको निधन २०३९ साल साउन ६ गते निधन भएको थियो ।
२०१५ सालमा भएको चुनावमा नेतृत्वको नेपाली काँग्रेसले दुई तिहाई बहुमत पाएपछि उनि प्रधानमन्त्री बनेका थिए । तर त्यसको २ वर्ष नवित्दै तत्कालीन राजा महेन्द्रले कोइराला नेतृत्वको सरकारलाई अपदस्त गर्दै शासनसत्ता आफ्नो हातमा लिएका थिए ।
कोइराला नेपाली साहित्य क्षेत्रमा विपी कोइरालाको नामले लोकप्रिय छन् । उनको दोषी चश्मा, तीन घुम्ती, नरेन्द्र दाई, मोदी आइन् सुम्निमालगायत कृति लोकप्रिय छन् ।










प्रतिक्रिया दिनुहोस्