साउन ७, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले डा. गोविन्द केसीको अनसनको त्यान्द्रो समातेर काग्रेसले राजनीति खोजेको बताए ।
४० औं पुष्पलाल स्कृति दिवशको अवसरमा प्रधानमन्त्री तथा अध्यक्ष ओलीले पछिल्लो समय काग्रेसको व्यवहार देखेर दया लागेको बताउँदै डा। केसीलाई स्वास्थ्य शिक्षा क्षेत्रमा कस्तो सुधार गर्नुपर्छ भन्ने बहसमा आउन र चिकित्सा शिक्षा आयोगको अध्यक्ष आफैं बन्न आग्रह पनि गरेका छन् ।
प्रधानमन्त्री ओलीले केही मानिसको अनसन र फुर्सदका बेला निकालेको जुलुस देशको सम्पूर्णता नभएको उनले बताए । तर, सरकारले ल्याएको चिकित्सा शिक्षा विधेयकमा संशोधनका लागि प्रतिपक्षसँग कुरा गर्न सरकार तयार रहेको उनले बताए ।
त्यस्तै ओलीले सर्वोच्च न्यायिक निकायमा बसेकाहरुले समेत निषेधाज्ञा तोड्न पुगेको भन्दै ‘निषेधाज्ञा तोड्दै के भन्नुभयो भन्दा त्यो प्रधानमन्त्री सात कक्षा पढेको छैन, के बुझ्छ कानुन रु’ पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीतर्फ इंगित गर्दै उनले भने, ‘म सँग सर्टिफिकेट हेर्न आउनुभएको त थिएन । तैपनि देख्नुभएछ ।’
सरकारी जागिर खाएका डाक्टरहरुले आफ्ना स्वार्थका लागि उपचार गर्दिन भन्नु अमानवीय भएको उनले बताए । उनले आफ्नो राजनीतिक स्वास्थ्यका कारण अरुको जीवनमाथि खेलबाड नगर्न आग्रह गरेका छन् ।
प्रम ओलीले भने कांग्रेस पनि त्यस्तै भएको छ, जुरुक्क उठ्न सक्दैन तर, उडेको चरा समात्ने कुरा गर्छ ।’ डा। केसीले भने अनुसार हुनुपर्ने भन्ने कांग्रेसको अडानप्रति संकेत गर्दै उनले क(कसको हुकुम हामीले तामेल गर्नुपर्ने हो भनिदिन कांग्रेसलाई आग्रह समेत गरे । उनले भने ‘कांग्रेसले ल्याइदिएको लोकतन्त्रमा झमेला गर्न गएका होइनौं’ उनले भने, ‘कांग्रेसका नेताहरुलाई चुनौतीका साथ भन्न चाहन्छु, संघर्षका मैदानमा उहाँहरुको योगदान र हाम्रो योगदान र नीतिहरु तुलना गरौं ।’










प्रतिक्रिया दिनुहोस्