साउन ८, एजेन्सी । उत्तर कोरियाले परमाणु परीक्षणस्थलको नष्ट पार्ने काम सुरु गरेको छ ।
उत्तर कोरियाको उत्तर पश्चिमका भूभागमा रहेको रकेट परीक्षण स्थल नष्ट गर्न थालिएको बीबीसीले जनाएको छ । अमेरिकाको निरीक्षण समूह ‘३८ उत्तर’ भूउपग्रह तस्बिरका अनुसार उत्तर पश्चिमका केही रकेट परीक्षण स्थलको केही भूभाग नष्ट गरेको देखिएको छ ।
गएको महिना सिंगापुरमा भएको ऐतिहासिक शिखर बैठकमा राष्ट्रपति ट्रम्प र किमद्वारा कोरियाली प्राय द्वीपमा परमाणु निशस्त्रीकरण गर्ने सहमति भएको थियो ।
प्रतिक्रिया दिनुहोस्