साउन ८, काठमाडौं । नेपाली काँग्रेसको आन्दोलनका कारण सरकार अप्ठ्यारोमा परेको बेला राष्ट्रिय जनता पार्टी नेपालले सरकारबाट आफ्नो समर्थन फिर्ता लिने भएको छ ।
राजपाले केपी ओली नेतृत्वको सरकारलाई विश्वासको मत दिएपनि हालसम्म आफूहरुसँग भएका सम्झौता कार्यान्वयनमा चासो नदिएको भन्दै समर्थन फिर्ता लिने भएको हो । राजपा नेपालका नेताले भने, ‘अब समर्थन दिएर बरिरहने अवस्था छैन, आजको अध्यक्ष मण्डलको बैठकले विश्वासको मत फिर्ता लिने निर्णय गर्ने सम्भावना छ ।’
राजपा नेपालले सविधान संशोधन लगायत मधेश आन्दोलनको क्रममा पक्राउ परेका र थुनामा रहेकालाई रिहाईको माग गरेको छ ।










प्रतिक्रिया दिनुहोस्