साउन ८, पोखरा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का युवा नेता, पूर्व युवा संघ नेपालका अध्यक्ष तथा प्रदेश सांसद राजिव पहारी फेवातालको संरक्षण तथा सम्वद्र्धको निम्ती अहोरात्र खट्दै तालवाट निस्किएको फोहोरलाई कम्पोष्ट मल वनाउने योजनाका साथ अघि वढ्नुपर्ने बताएका छन् ।
आज वडा न ६ का वडा सदस्य हरी पहारी, पुष्पा पहारी र राममाया बिक सहित फेवाताल को जलकुम्बि झार निकाल्ने सांसद पहारी सक्रिय रुपमा सहभागि रहेका छन् । तालको जलकुम्भी झार रुपि फ़ोहोरलाई कम्पोष्ट मल रुपि मोहोरमा रुपान्तरण गर्ने काममा पनि अब योजना बनाई गण्डकि प्रदेश र पोखरा महानगरपालिकाले फेवातालको अकार वृद्धि र सौन्दरिकरणको निम्ति छुट्टयाइएको रकम निति नियम प्रकृयाको नाउमा बिलम्ब नगरि शुरु गरिएन भने लगन पछिको पोते जस्तो हुने बताएका छन् । उनले समयमा नै काम शुरु गरी त्यसलाई परिणाम मुखी ढंगले अघि वढ्न ढिलो गर्नु नहुने बताएका छन् ।
देश विकास तथा आर्थिक समृद्धिको मुख्य स्रोत नै गण्डकी प्रदेशको फेवाताललाई लिइन्छ । नेपालको लागि मात्र परिचित नभई विश्व परिचित फेवातालको संरक्षण तथा सम्वद्र्धन गरी अझ वढी पर्यटकिय विकास गर्न सकिने बताउने सांसद पहारीले निर्वाचित भएपश्चात नै फेवाताल संरक्षण तथा त्यसको क्षेत्रफल विस्तार गर्ने उद्घोष गरेका थिए । सोही अनुसार उनले आफ्नो दुई महिना बरावरको पारिश्रमीक समेत ताल संरक्षणको निम्ती हस्तान्तरण गरेका थिए ।










प्रतिक्रिया दिनुहोस्