साउन ९, भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का युवा नेता, पूर्व उद्योगमन्त्री तथा सांसद महेश वस्नेतले विकास निमार्णका कार्यहरुको निरिक्षण गर्ने क्रममा राम्रो र सम्झौता अनुसारको समयावधिमा नै सम्पन्न गर्न निर्देशन दिएका छन् ।
सांसद वस्नेतले आज भक्तपुरको बालकोट स्थिती सडक, पुल लगायतका विकास निमार्णका कार्यहरुको निरिक्षण गरेका छन् । उनले विकास निमार्णका कार्यमा कुनै कमाईखाने माध्यमको रुपमा प्रयोग गर्नु नहुने भन्दै काम स्वच्छ, पारदर्शी, स्थायीत्व हुने प्रकारको हुनुपर्नेमा जोड दिएका छन् ।
वर्तमान समय कुनै पनि प्रकारको बन्द हड्ताल जस्ता आन्दोलनको नभई विकास निमार्ण गरी समृद्ध नेपाल सुखी नेपालीको सपनालाई साकार वनाउने समय भएकाले सवै मिली विकास निमार्णमा समय खर्चनु पर्ने बताए । देशले लामो समयसम्मको राजनैतिक आन्दोलन पश्चात स्थापीत संघिय लोकतान्त्रीक गणतन्त्रमा जनताले विकास निमार्ण, विभिन्न प्रकारका सेवा तथा सुविधाहरु गाउँ गाउँमा नै पाउनु पर्ने भन्दै स्थानीय तहले विशेष भुमिका निर्वाह गर्न आग्रह समेत गरेका छन् ।
सांसद वस्नेतका नेतृत्वमा रहेको उक्त निरिक्षण टोलिमा प्रदेशसभा सद्स्य शशी जङ थापा, भक्तपुर आयुक्त प्रमुख नवराज प्याकुरेल, स्थानीय जनप्रतिनिधि तथा स्थानीय सर्वसाधारणको सहभागिता रहेको थियो ।










प्रतिक्रिया दिनुहोस्