समाचार

भक्तपुर प्रहरीद्वारा फरार अभियुक्त मल्ल पक्राउ



साउन १०, भक्तपुर । महानगरिय प्रहरी परिसर भक्तपुरले फरार रहेका सन्जोग मल्ल ठकुरीलाई पक्राउ गरेको छ ।

चाँगुनारायण नगरपालिका वडा नं. ३ बस्ने ठकुरीले ७० वर्षिया गौतम हमाललाई हत्या गरेका थिए । जिल्ला अदालत भक्तपुरले १० वर्ष कैद सजाय सुनाएका उनी २०७२ सालदेखि फरार रहेका थिए । उनलाई प्रहरीले उनकै घरवाट हिजो पक्राउ गरेको प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ ।

पक्राउ गरिएका मल्ललाई भक्तपुर जिल्ला अदालतमा पेश गरिएकोमा, अदालतको आदेश बमोजिम कारागार, डिल्लीबजार चलान गरिएको प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ ।