राजनीति

‘समृद्ध भक्तपुर’ सांसद वस्नेतको सपना : छोटै समयमा धेरै आयोजना सम्पन्न



साउन १०, भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता, पूर्व उद्योगमन्त्री तथा सांसद महेश वस्नेत समृद्ध भक्तपुरको सपनालाई साकार वनाउन निर्बाचित भएको छोटै समयमा धेरै विकासका आयोजनाहरु सम्पन्न भएका छन् ।

सानो तथा ठूलो विसकासको आयोजनाहरु सञ्चालन गरी विकसित तथा परिस्कृत भक्तपुर वनाउने उद्देश्यका साथ आफ्नो अधिकाशं समय विकास निमार्ण तथा त्यसको नेतृत्वमा समय खर्चेका सांसद वस्नेतको पछिल्लो समय शुरु भएका आयोजनाहरुको नतिजा पनि सँग सँगै आउन थालेका छन् । साना आयेजनाहरुको क्रमश नतिजा आउन थालेका छन् भने ठूला आयोजनाहरु राष्ट्रिय तथा अन्तराष्ट्रिय तवरवाट प्रकृयागत रुपमा अघि वढेका छन् ।

यसै क्रममा सांसद वस्नेतको पहलमा शुरु भएका सूर्यविनायक नगरपालिका वडा नं. १ मा रु ४० लाखको २ वटा आयोजना, वडा नं. २ मा रु १ करोड ९० लाखको १० वटा आयोजना, वडा नं. ३ मा रु १ करोडको ६ वटा आयोजना, वडा नं. ४ मा रु १ करोड २० लाखको ७ वटा आयोजना र वडा नं. ७ मा रु एक करोड २५ लाखको ३ वटा आयोजनाहरु गरी ५ करोड ७५ लाखको २८ वटा मध्येमा अधिकाशं सम्पन्न भईसकेका छन् भने केही सम्पन्न गर्न अन्तिम तयारीमा रहेका छन् ।

उक्त सम्पन्न भएका तथा सम्पन्नको अन्तिम तयारीको अवस्थामा रहेका आयोजनाहरुको स्थालगत निरिक्षणमा सांसद वस्नेतको नेतृत्वमा प्रदेश सभा सदस्य शशीजंग थापा, नायव विकास आयुक्त नवराज प्याकुरेल, ईन्जिनियर गणेश कोजु, सम्बन्धीत निकायका प्रतिनिधि र सम्बन्धित वडाका सरोकार वाला ब्यक्तिहरुद्वारा अनुगमनलाई तिव्रता दिइरहेका छन् ।

हनुमन्ते नदी सफाइ अभियान, मनोहरा नदी सफाई अभियान, सडक निमार्ण तथा विस्तारका कार्यहरु तिव्र गतिमा अघि वढेका छन् भने खानेपानी, ढल, ट्राफिक लाईट, सडकमा बत्ती, सुरुङ मार्ग, अरनिको राजमार्गको चौडाइ विस्तार, नदीको दायाँ वायाँ करिडोर निर्माण, उज्यालो शहर भक्तपुर निमार्ण, अन्तराष्ट्रिय रंगशाला निमार्ण, स्मार्ट सिटी निमार्ण लगायतका धेरै ठूला विकासका योजनाहरु अघि वढ्ने प्रकृयामा रहेका छन् ।