साउन १०, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीलेप्रशासन सेवा सामान्य प्रशासन समूहका नवनियुक्त अकिृतहरुलाई आधारभूत प्रशासनिक प्रशिक्षण समापन समारोहलाई बिहीबार जावालाखेलमा सम्बोधन गर्दै सबै कर्मचारीमा जनताका सेवक हौं भन्नु भावना हुनु पर्ने बताएका छन् ।
प्रधानमन्त्री ओलीले भने, ‘तपाईंहरुले कार्यक्षेत्रमा गएर जनतालाई कतिको सन्तुष्ट पार्न सक्नुहुन्छ, पारदर्शी सेवा दिनुहुन्छ कि दिनुहुन्न ? तपाईंको इमान्दारिता रहन्छ कि रहदैन ? यी सबै कुरामा तपाईंहरु पास हुनुपर्दछ ।’
प्रधानमन्त्री ओलीले अधिकृृतहरुलाई देशलाई राम्ररी अध्ययन गर्न र चिन्न पनि आग्रह गरे । ‘देश भनेको हिमाल पहाड र तराइ मात्र होइन’, प्रधानमन्त्री ओलीले भने, ‘देशभित्र समाज छ, विभिन्न जातजाती छन् । धर्म संस्कृति छन् । ती सबै कुराको जानकारी राख्नु पर्दछ ।’
देश नयाँ परिस्थितीमा भएकोले अब पुरानो मान्यताको सोचाइमा पनि परिवर्तन गर्नुपर्ने प्रधानमन्त्री ओलीको भनाइ रहेको थियो ।










प्रतिक्रिया दिनुहोस्