साउन ११, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा संसदीय दलको बैठकलाई सम्बोधन गर्दै भ्रष्टचारीलाई अनुहार नहेरी कारबाही गर्ने चेतावनी दिएका छन् ।
प्रधानमन्त्री ओली सरकारलाई असफल हुने छुट नभएकाले बेथिति र भ्रष्टाचार घट्दै गएको उल्लेख गर्दै “कतै भ्रष्टाचार भएको थाहा पाउनुभयो भने भन्नुहोस्, म अनुहार नहेरी कारबाही गर्छु भनेका छ ।”
संसद्मा हुने अवरोधले कानुन निर्माणको कार्यसूचीलाई असर गर्ने बताउँदै उनले सबै काम समयमै सक्न पार्टीका सांसदले प्रतिनिधिसभाका सभामुख र राष्ट्रियसभाका अध्यक्षलाई बल दिन आग्रह गरेका छन्
बैठकमा चिकित्सक डा गोविन्द केसी र सरकारबीच भएको नौ बुँदे सहमतिबारे जानकारी गराइएको थियो ।










प्रतिक्रिया दिनुहोस्