राजनीति

कपोकल्पीत अभिव्यक्ति दिने सांसद थापा र प्रसाईलाई कारबाही माग (विज्ञप्तीसहित)



साउन १४, काठमाडौं । नेपाली काग्रेसका युवा नेता, पूर्वस्वास्थ्यमन्त्री तथा सांसद गगन थापा र बी एण्ड सी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईले कपोकल्पीत अभिव्यक्ति दिएको भन्दै नेपाल स्टुडेन्ट युनियन, बंगलादेशले आपत्ति जनाएको छ ।

उसले प्रसाईमाथि कानूनी कारबाही तथा थापाले माफी माग्नु पर्ने भन्दै चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । सांसद थापा तथा संचालक प्रसाईले बंगलादेशमा मेडिकल शिक्षा अध्यययनरत महिला तथा थापाले त्यहाँको शिक्षाको गुणस्तरमाथि कपोलकल्पित अभिव्यक्ति दिएकाले आन्दोलनका कार्यक्रम घोषणा गरिएको युनियन अध्यक्ष राजु साहले जानकारी दिए ।