समाचार

नेपाल र चीनबीच गैससलाई संयुक्त रुपमा परिचालन सहमति



साउन १४, काठमाडौं । शिक्षा, स्वास्थ्य, सामुदयिक तथा विपद् व्यवस्थापनमा चीनले सहयोग गर्ने गरी नेपाल र चीन विच गैरसरकारी सँस्थाहरुलाई संयुक्तरुपमा परिचालन गर्ने सहमति भएको छ ।

महिला, बालबालिका तथा जेष्ठ नागरिकमन्त्री थममाया थापा र चीनका उपविदेश मन्त्री वाङ वाजुनको उपस्थितिमा काठमाडौंमा समाज कल्याण परिषद सदस्य सचिव डिल्ली भट्ट र चीनको चाइना एनजीओ नेटवर्क फर इन्टरनेशनल एक्सजेन्ज (सीएनआई) सदस्य सचिव झू रुईले समझदारी पत्रमा हस्तक्षर गरेका छन् ।

तीन वर्षे समझदारी पत्रमा चीनले नेपालको विकास सहायता उपलब्ध गराउँदा नेपालको प्रचलित कानून अनुरुप संचालन गर्ने पनि स्पष्ट पारिएको छ ।

कार्यक्रममा बोल्दै महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थापाले समझदारीलाई प्रभावकारी ढंगले अघि बढाउन दुवै मुलुकका सरकार प्रतिवद्ध रहेको बताइन् । उनले चीनले नेपाली जनताको समृद्धिको चाहनालाई साथ दिन गरिरहेको सहयोगको पनि खुलेर प्रसंशा गरिन् ।