स्वास्थ्य

स्वास्थ्यचौकी निर्माणका लागि एक लाख ११ हजार सहयोग



साउन १५, काठमाडौँ । म्याग्दीको जलजला गाउँपालिका–७ धाइरिङस्थित स्वास्थ्यचौकी भवन निर्माणका लागि एक लाख ११ हजार सहयोग जुटेको छ ।

सहयोग गर्नेमा धाइरिङ घर भई हाल बेनी नगरपालिका– ७ शान्ति टोल बस्दै आएका ९० वर्षीय बोमबहादुर केसीले स्वास्थ्यचौकी भवन निर्माणका लागि रकम  दिनुभएको  हो ।

वडाध्यक्ष टुंगनाथ आचार्यका अनुसार सो ठाउमा स्वास्थ्यचौकीको भवन निर्माणका लागि जग्गा खरिद गर्न सहयोग संकलन अभियान थालिएको छ ।