Banner News

सचिवहरुलाई अनियमितता नहुने गरी काम गर्न प्रधानमन्त्री ओलीको निर्देशन



 साउन १५, काठमाडौं । प्रधानमन्त्री केपी  शर्मा ओलीले आर्थिक अनियमितता नहुने गरी काम कारबाही गर्न सचिवहरुलाई निर्देशन दिएका छन् ।

मंगलबार बिहान प्रधानमन्त्री कार्यालयमा महालेखा परीक्षकको कार्यालयको आगामी योजनाबारे छलफल गर्न आयोजित बैठकमा बोल्दै मुलुकमा आर्थिक अनियमितता हुन नदिन सरकारले आर्थिक सुशासनमा जोड दिएको उल्लेख गर्दै चालू आर्थिक वर्षदेखि बेरुजु नआउने गरी काम गर्न सबै मन्त्रालयका सचिवहरुको गम्भीर ध्यानाकर्षण गराएका छन्  ।

प्रधानमन्त्रीले लेखाप्रति उत्तरदायी अधिकृतहरुको रुपमा रहनु भएका सचिवहरुलाई आगामी आर्थिक वर्ष बेरुजु नआउने गरी काम गर्न निर्देशन दिनु भएको महालेखा परीक्षक टंकमणि शर्माले जानकारी दिएका छन्  ।

बैठकमा मुख्य सचिव, सचिव, संवैधानिक अंगका लेखाप्रति उत्तरदायी अधिकृतहरुको उपस्थिति रहेको थियो ।