समाचार

कम्बोडिया पठाउने भन्दै ८८ लाख ठग्ने युवक पक्राउ



साउन १६, काठमाडौं। कम्बोडिया पठाउने, जागिर लगाइदिने भन्दै  ८८ लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक २४ वर्षीय युवकलाई पक्राउ गरेको छ ।

कम्बोडियामा क्यासिनोको सेक्युरिटी गार्डमा पठाइदिने भन्दै प्रतिव्यक्ति साढे ३ लाखदेखि ६ लाख रुपैयाँ लिने झापा शिवसताक्षी ९ का सुमन बस्नेतलाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेको हो । ६साढे ३ लाखदेखि ६ लाख रुपैयाँ लिने झापा शिवसताक्षी ९ का सुमन बस्नेतलाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेको हो ।

मासिक १ लाख रुपैयाँ तलब हुने भन्दै उनले विभिन्न व्यक्तिसँग ८८ लाख ३८ हजार रुपैयाँ ठगी गरेको उजुरी परेको महाशाखाका एसपी नरेन्द्रप्रसाद उप्रेतीले जानकारी दिए ।

काठमाडौंबाट बैंकक हुदै कम्बोडियासम्म पुर्‍याई अलपत्र पारी ठगी गरेको भनी जिल्ला पाँचथर मिक्लाजुङ गाउँपालिकाका कुलबहादुर तामाङ लगायत १९ जनाले बस्नेतविरुद्ध उजुरी दिएका छन् भने बस्नेतलाई प्रहरीले काठमाडौंको माछापोखरीबाट पक्राउ गरेको एसपी उप्रेतीले जानकारी दिएका छन् ।