सुन्दर, शान्त र विशाल देश नेपाल जसलाई चार जात छत्तिस वर्णको फुलवारीको रुपमा विश्व परिचित छ । प्रकृतिक मनोरमका साथमा सांस्कृतिक, धार्मिक, वातावरणीय सुगन्ध रहेको विश्वको एउटा रमणीय देश हो नेपाल । नेपालमा सवै थोक छ, जसलाई प्रयोग गर्ने विचार, सपना, स्रोत, आत्माविश्वास, दृढता लगायतका कुराहरुको कमि मात्र छ ।
विकास र परिवर्तन गर्न एउटा दिवा सपना बनाउनै पर्छ, जसले गर्दा देशको रुपान्तरण गर्ने एउटा मार्ग निमार्ण होस् । दिवा सपना जव तयार हुन्छ त्यसपछि कुनै पनि कुराको छलफलको प्रकृयामा अघि वढ्छ । छलफलको सुरुवात नै हो विकास निर्माण तथा परिवर्तनको मुख्य आधार । त्यो देखिएको सपना जसलाई आम नागरिक, राजनैतिक दल तथा सरोकारवाला निकायले साथ दिएमा असम्भव भन्ने शब्द नै सायदै नहोला । कुनै नयाँ विचार, सोच, आविस्कार गर्दा सवैलाई अनौठो लाग्नु स्वभाविक नै हो । योजनावद्ध रुपमा सपना पुरा गर्न लागे अवस्य पुरा हुन्छ, परिस्थितले छलाङ मार्छ । जसवाट समय सापेक्ष नयाँ नयाँ विकासका चरणहरु पुरा हुन्छ ।
परिवर्तन तव हुन्छ जहाँ नयाँ सपना निमार्ण हुन्छ । सवैको साथ र सहयोग हुन्छ । तर जसले जसलाई कुनै कुराले अनायसमै उडाउँछ, उसको नत कुनै सपना नै हुन्छ, नत योजना नै हुन्छ, जो अन्धकार यात्रामा सिकार गरिरहेको हुन्छ । अन्धकार यात्रामा गई सिकार मार्छु भन्नु सायदै आफैमा दुर्घटना मात्र हुन्छ ।
नेपालको राजनैतिक दृष्टान्तमा पनि यो कहि कतै मेल खाएको छ । वर्तमान प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले नेपालमा पानी जहाज, रेल मार्ग, घरघरमा ग्यासको पाइप, नेपालमा नै पेटोलियम पदार्थको उत्पादन, हावावाट विद्युत उत्पादन, समृद्ध नेपाल सुखी नेपाली, भ्रष्टचारमुक्त, सिण्डिकेटको अन्त्य, एकाधिकारको अन्त्य लगायतका सयौ विकास प्रेमी सपनाहरु देखे । उनेको यो सपना पश्चात पछिल्लो समय राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा छलफलको विषय वनेको छ ।
राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा उनका यि सपनालाई सकरात्मक रुपमा लिई त्यसलाई व्यवहारिक रुपमा अघि वढाउने प्रकृया सुरु भएको छ भने नेपालमा रहेका केहि राजनैतिक दलले भने त्यसलाई खिल्ली वा कु प्रचारको रुपमा आफ्नो खेती नै वनाएका छन् । काम गर्छु भन्दा, देश परिवर्तनको सपना वनाउँदा, समृद्ध र सुखी नेपाली बनाउँछु भन्दा, आर्थिक तथा सांस्कृतिक रुपमा विकसित तथा परिस्कृत बनाउँछु भन्दा उनीहरु अन्धाधुन्द पाँच फिट उफ्रन्छन् जसले सडक तथा सदनमा आन्दोलनको रुप लिन्छ ।
लोकतन्त्रको रक्षक हुँ भन्ने पार्टी नेपाली काग्रेस जसले कहिले आफ्नो राजनैतिक विरासतको निम्ती कसैलाई अनसन वसाउँछ त कहिले एसएससी फेल भएका व्यक्तिलाई प्रधानन्याधिस बनाउनु पर्छ नत्र सडक ताथ सदन आन्दोलन हुन्छ भन्दै चुनौति दिन्छ । जनताले जनमतको माध्यमबाट जसलाई तिरस्कृत गरेका छन् उसैले राज्यमा वितण्डा मच्चाउँछ । आन्दोलनका नाममा जनतालाई सास्ती दिन्छ । अनायसमै धेरैले आन्दोलनको नाममा आफ्नो ज्यान गुमाउन समेत वाध्य हुन्छन् । यति मात्र नभई पछिल्लो समय प्रधानमन्त्री ओलीले देखेको सपनाका कारण कतिपयहरु विरामी नै हुन थालेका छन् कि उनीहरु प्रम ओलीको सपनालाई चकनाचुर पार्न सम्पूर्ण आफ्नो शक्ति नै प्रयोग गरी उफ्रन्छन्, आन्दोलनको नाममा विकृति सिर्जना गर्छन् ।
मानिसले निदएको समयमा हैन उठेको समयमा जब सपना देखिन्छ तव मात्र देश विकासको योजना वन्छ, आत्माविश्वास वन्छ तव परिवर्तन हुन्छ । उदाहरणको निम्ती ः कसले सोचेको थियो होला कि विश्वमा यो इन्टरनेटको विकास हुन्छ, रेडियो, टेलिभिज, कम्प्युटर, हवाइजहाज लगायतका लाखौं प्रविधिहरुको विकासले विश्वलाई एउटा सानो कोठामा सिमति वनाउँदै जान्छ भन्ने ।
हुन त वैज्ञानिकहरुलाई एक प्रकारको पागलको रुपमा लिइन्छ, किन कि उनीहरुले अप्रत्यारिलो कुराको अनुसन्धान सुरु गर्छ जुन होला भनेर कसैले कल्पना नै गरेको हुँदैन । तर पछि गएर त्यसलाई प्रमाणीत गरेर देखाउँछन् तव मात्र मानिस छर्लङ्ग हुन्छन् कि असम्भव भन्ने हुदैन रहेछ भनेर । यसै सन्दर्भमा प्रम ओलीको सपनालाई पनि लिन सकिन्छ ।
कुनै पनि देशको नेतृत्वले सिस्टम बनाउने हो र त्यो सिस्कटमका आधारमा आम जनताले काम गर्ने मात्र हो । मानिसले आफुमा आफै परिवर्तन नभएसम्म केही पनि सम्भव छैन । त्यसकाले निमती आफ्नो ठाउँवाट जागौं, जुटौं, सकरात्मक सोच राखौं भन्ने भावनाको विकास हुनु जरुरी रहेकोछ । त्यसैले आत्मा विश्वास भए परिवर्तन सम्भव छ । दिवा सम्पना देख्ने मानिस जरुर पागल त होलान नै तर पागल सवार नभएसम्म परिवर्तन तथा विकास सम्भव छैन त्यसले यसलाई शुस्म रुपले वुझनु जरुरी रहेको छ ।
विश्वमा नेपाल जस्तै भुपरिवेष्ठीत राष्ट्रको रुपमा रहेको मंगोलियामा २६० ओटा पानिजहाज जुन समुन्द्रवाट १००० माइल टाढा रहेको छ । यसलाई उदाहरणको रुपमा लिने हो भने के नेपालमा पानीजहाज असम्भव होला त ? पक्कै पनि गरे सम्भव छ । नेपालकै इतिहासलाई हेर्ने हो भने पनि विगतमा नै पानिजहाज त चलेकै हो । विविध कारणले सञ्चालन वन्द हुन पुग्यो । ग्यासको निम्ती विराटनगरमा फोहोरवाट उत्पादन शुरु भईसकेको छ । देशका विभिन्न ठाउँहरुमा हावाबाट विद्युत उत्पादन शुरु भईसकेको छ । रेलमार्गका निम्ती विभिन्न चरणमा छलफल तथा रेल मार्ग निमार्ण हुने प्रकृयामा रहेको छ । यी लगायतका कुराहरुमा आम जनता सर्वविभितै भइरहेको अवस्थामा यीनै विषयलाई लिई सामाजिक सञ्जालमा अनावश्यक कुरा संम्प्रेषण गर्नु भन्दा के गरे उत्तम तरिकावाट विकास गर्न सकिन्छ भन्ने सोचका साथ सवै राजनैतिक दल तथा जनता अघि वढे असम्भव भन्ने केही नहोला ।
नेपालको दःखद दृष्टान्तलाई विश्लेषण गर्ने हो भने विगतका सरकारहरुको क्रियाकलापहरु जसले राष्ट्रिय उद्योग बन्द गर्नु, वेच्नु जस्ता कुराहरुको माध्यमले गर्दा नेपाली युवाहरु खाडिमा जान वाध्य भएका हुन् । कलकारखाना वन्द गर्नु एकप्रकारको व्यवसाय नै चलेको थियो । उद्योगधन्दा, कलकारखाना थप गरी देशलाई आर्थिक विकास गर्दै स्वदेशमा नै रोजागरीको वातावरण सिर्जना गर्नुपर्नेमा उल्टो वन्द गर्नु देशको लागि ठूलो दुखद् कुरा हो ।
नेपालको राजनैतिक वृत्तान्तलाई यथार्थ चित्रण गर्ने हो भने केही राजनैतिक दलहरु दिल्लीको दलाली गरेर सत्तामा रहनु लोकतन्त्र भनेपनि आर्थिक नीति भने पनि मातृ (देश) वलत्कारी हो र तिनिहरुको राजनीति भनेको नै कमिसन र भ्रष्टचार हो । एउटा देशले नाकावन्दी लगाएको छ जसको निम्ती अर्को देशको विकल्प खोज्नुपर्छ भन्दा त्यसको विरुद्धमा लाग्ने नेपाली राजनैतिकदलवाट के नै अपेक्षा गर्न सकिन्छ र ? विकल्प माथिको विकल्पमा जवसम्म सरकार तथा राजनैतिक दलको मानसिकतामा विकास हुँदैन तवसम्म जनताले सुखको दिन देख्न कठिन रहेको छ ।
यति मात्र होइन, कसैको व्यक्तिगत स्वार्थलाई राजनीतिकरण गरी आम जनता त असुरक्षित भए नै त्यो भन्दा माथि उठि पछिल्लो समय राजनैतिक दलका नेता तथा कार्यकर्ता मात्र नभई स्वयम् देशको नेतृत्वमा रहेका सांसदहरुनै असुरक्षित भएका तितो घटना सुरु भएको छ । मंगलवार मध्य वानेश्वमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रिय सदस्य तथा सांसद निरुदेवी पाल माथि भएको सांघातिक आक्रमण । कामु प्रधानन्याधिस दिपकराज जोशीको नाम जोडि उनी माथि भएको आक्रमणले देशमा शान्ति सुरक्षाको स्थितीमाथि गम्भीर प्रश्न चिन्ह खडा भएको छ ।
नेपाली काग्रेसले जोशीको नियुक्ति नभए सडक तथा सदन आन्दोलन गर्छु भन्नु र जोशीको विरुद्धमा वोलिस भने ज्यान मार्ने धम्की दिदै सांसद पाल माथि कन्चटमा पेस्तल राख्नु आम सर्वसाधारणले प्रष्ट रुपमा वुझ्ने कुरा हो की कसले यो खेल खेल्दै छ ? भन्ने । अवैधानीक व्यक्तिलाई न्यायपालिकाको प्रमुख पदमा नियुक्ति गर्नै पर्छ भन्ने कस्तो विडम्बना हो ? जो न्यायपालिकामा विकृति र विसंगतिको विरुद्धमा लडिरहेका छन् उनीहरुमाथि सांघातिक आक्रमण ।
विरेन चौलागाई
प्रतिक्रिया दिनुहोस्