समाचार

लागु औषध तस्करी र खुल्ला रुपमा मदिरा व्यवसायको कारण वलत्कार : गृहमन्त्री थापा



साउन १७, काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले नेपालमा पछिल्लो समय वलत्कार लगायतका जधन्य अपराधिक घटनाहरु खुल्ला रुपमा मदिराको व्यापार व्यवसाय तथा लागु औषधको कारणले हुने गरेको बताएका छन् ।

संघिय संसदमा सांसदहरुले उठाएको प्रश्नको उत्तर दिदै गृहमन्त्री थापाले वर्तमान सरकारकाले कञ्चनपुरमा भएको १३ वर्षिया वालिका माथि भएको बलत्कार जस्ता घटनाहरु आगामि दिनमा निस्तेज वनाउन कठोर कदम चाल्ने जानकारी गराए । घरेलु हिंसाको मुख्य कारण मदिरा भएको भएको भन्दै यसलाई निस्तेज वनाउनुपर्ने धारणा प्रस्तुत गरे । वालिका हत्यामा संलग्न रहेको आशंकामा अनुसन्धान भईरहेको जसमा सिआइविले समेत आफ्नो कार्य अघि वढाइसकेकोले छिट्टै सत्य तथ्य पत्ता लगाई कानुनी कारवाही गरिने वताए ।

त्यस्तै गृहमन्त्री थापाले सांसद निरु पाल माथि मंगलवार घटाइएको घटना राजनैतिक भएको र त्यसको अनुसन्धान भइरहेकोले सत्य तथ्य पत्ता लगाई कानुनी कारवाही गरीने जानकारी गराए । त्यस्तै सांसद पाल माथि भएको आक्रमण देशमा प्रगति नचाहने तत्वहरुले अस्थिरता पैदा गरेको बताउँदै यथास्थीतिवादीहरुको चलखेललाई रोक्न वर्तमान सरकार कुनै पनि मुल्य चुकाउन पछि नपर्ने बताए ।