राजनीति

प्रमुख प्रतिपक्षिदल कांग्रेसद्वारा प्रतिनिधिसभा बैठक बहिष्कार



साउन १७, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठक बहिष्कार गरेको छ ।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा कांग्रेसले मन्त्रीसंगको प्रश्न उत्तरको व्यवस्था मागमा सभामुखले उपलब्ध नगराएपछि कांग्रेस बैठक बहिष्कार गरेको हो ।

काग्रेस सांसदहरुले आफ्नो कुरा राखे पश्चात मात्र मन्त्रीलाई वोल्न दिनुपर्ने भन्दै माग गरेका थिए । तर सभामुखले परराष्ट्र मन्त्री प्रदिप ज्ञावलीलाई आफ्नो भ्रमणको वारेमा जानकारी दिन आग्रह गरेका थिए । सभामुख कृष्ण वहादुर महराले मन्त्रीको भनाई राखिसकेपछि समय उपलब्ध गराउने जानकारी गराएका थिए ।

प्रतिपक्षी दलका सांसदहरुले विरोध गर्दै उभिइरहेका बेला सभामुखले कार्यसूची अनुसारका कार्यक्रम अघि बढाएपछि कांग्रेसका सांसहरु बैठक कक्ष छोडेर बाहिरिएका हुन् ।