समाचार

अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेटमा अर्धशतक बनाउँदै पारस अाउट



साउन १८, एजेन्सी । नेदरल्याण्डमा जारी दाेस्राे एकदिवसीय क्रिकेटमा नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्का अर्धसतक बनाउँदै आउट भएका छन् ।

नेदरल्याण्ड्सविरुद्धको दोस्रो एकदिवसीय क्रिकेट प्रतियोगितामा भरोसा गरिएका ब्याट्सम्यान पारसले ६९ बल खेल्दै ५१ रन बनाएर आउट भए ।

आफ्नो पारिमा पारसले ६ चौका र २ छक्का प्रहार गरेका छन् । अहिले अरिफ शेखलाई साथ दिन सोमपाल कामी मैदानमा आएका छन् ।