समाचार

पहिरोका कारण, मुग्लिन-नारायणगढ सडक अवरुद्ध



साउन १९,  चितवन ।  मुग्लिन नारायणगढ सडकको घुमाउने भन्ने स्थानमा पहिरो खस्दा आज बिहान ६ बजेदेखि यातायात अवरुद्ध भएको छ ।

यातायात अवरुद्ध हुँदा सयौं यात्रु समस्यामा परेका छन् । पानी परिरहेका कारण पहिरो हटाउन समस्या परेको प्रहरीले जानकारी दिएको छ  । वर्षा रोकिए लगत्तै पहिरो सफा गरेर गाडी खुलाउने प्रहरीको भनाइ छ ।

 पहिरोले चितवनबाट काठमाडौँ र पोखरा जाने तथा काठमाडौँ र पोखराबाट चितवनलगायत विभिन्न क्षेत्रमा आउने सवारी साधन बीच बाटोमै रोकिएका छन् ।