साउन १९, काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री रघुवीर महासेठले मुग्लिन–नारायणगढ सडकको पहिरो नियन्त्रणका लागि आवश्यक पर्ने जस्तोसुकै संयन्त्र प्रयोग गरी तत्काल समस्या समाधान गर्नुपर्ने बताएका छन् ।
आज साँझ उक्त सडकको स्थलगत निरिक्षण गर्दै मन्त्री महासेठले समस्या समाधानका लागि तत्काल उपयुक्त उपाय पहिल्याउन सडक विभागका अधिकारीलाई निर्देशन दिएका छन् । निरिक्षणका क्रममा मन्त्री महासेठले सामान्य वर्षा हुनासाथ पहिरोका कारण सडक अवरुद्ध हुने घटना पटकपटक दोहोरिनु दुःखदायक भएको भन्दै यसलाई स्थायी रुपमा समाधानको वाटो खोज्न सडक विभागलाई निर्देशन दिएका छन् ।










प्रतिक्रिया दिनुहोस्