साउन २०, स्याङ्जा । नेपाली काँग्रेस स्याङजाका सभापति एवं पूर्वसभासद कमलप्रसाद पंगेनीको हृदयघातका कारण मृत्यु भएको छ ।
स्वास्थ्यमा अकस्मात समस्या आएपछि आज बिहान ६:०० बजे स्याङजास्थित कालिका सामुदायिक अस्पताल हेलुमा उपचारार्थ लगिएको थियो। उनको उपचारकै क्रममा ६:३० बजे निधन भएको हो ।
नेपाली काँग्रेस स्याङजाको तीन कार्यकालसम्म सभापति बनेका पूर्वसभासद पंगेनीको ५६ वर्षको उमेरमा निधन भएको हो ।
उनी २०७० सालको दोश्रो संविधानसभाको निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट स्याङ्जा क्षेत्र नम्वर दुईबाट सभासदमा निर्वाचित भएका थिए ।










प्रतिक्रिया दिनुहोस्