
साउन २० भक्तपुर । भक्तपुरको मध्यपुर फेरि पनि डुबानमा परेको छ । गएराति परेको वर्षाले सल्लाघारी, राधेराधे, सिर्जनानगर लगायतका क्षेत्र डुबानमा परेका हुन् ।
यसअघि २८ असारमा पनि मध्यपुर डुबानमा परेको थियो । हिजो शनिबार रातिको बाढीले राधेराधे र सल्लाघारी जोड्ने पुलमा क्षतिसमेत पुगेको छ । पुल मर्मतको काम भइरहेको घरघरमा बाढी पसेपछि स्थानीयबासीको भने बिचल्ली भएको छ ।

हनुमन्ते खोलाको बाढी मध्यपुर पस्ने गरेको छ । जग्गा कारोबारीले खोलालाई साँघुरो बनाउँदै घडेरी निकाल्दै गर्ने क्रम बढेकाले हरेक वर्ष बाढी मध्यपुरको राधेराधे पस्ने गरेको स्थानीय स्थानीयको दाबी छ ।










प्रतिक्रिया दिनुहोस्