साउन २१, एजेन्सी । इन्डोनेसियामा शक्तिशाली भूकम्पमा परी ८२ जनाको मृत्यु भएको छ भने सयौं घाइते भएका छन् ।
इन्डोनेसियाको लम्बक टापु केन्द्रविन्दु भएर आइतबार ७ रेक्टर स्केलको भूकम्प गएको हो । हजारौं घरहरु भत्किएको जनाएका छन् । भूकम्पपिछ अस्पतालहरूले सडकबाटै सेवा दिइरहेका छन् । विद्युत आपूर्ति बन्द भएको बीबीसीले जनाएको छ ।
इन्डोनेसियाको प्रकोप व्यवस्थापनका प्रवक्ताले लम्बकको मुख्य सहर मतारामका कमजोर संरचनाहरु भत्किएको बताएका छन् ।
प्रसिद्ध पर्यटकीय क्षेत्र लम्बकमा गत हप्ता पनि भूकम्प गएको थियो । ६।४ रेक्टर स्केलको भूकम्पमा १६ जनाको ज्यान गएको थियो ।
प्रतिक्रिया दिनुहोस्