साउन २१, काठमाडौं । करोडौंको फिरौती माग गर्दै आइतबार साँझ काँडाघारीबाट एक बालकको अपहरण भएको छ ।
आइतवारदेखि सम्पर्कमा नभएका ११ वर्षका निशान खड्कालाई सोमवार विहान अपहरणकारीले नै सम्पर्क गरेका थिए । सम्पर्कका क्रममा अपहरणकारीले करोडौंका माग गरेका छन् । बालककी आमालाई छोरा अपहरणमा परेको थाहा पाएपछि आफू बेहोस जस्तै भएको र कति मागेको भन्ने याद नभएको उनले बताएकी छिन्।
घटनाको अनुसन्धानका लागि हाल काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी विश्वराज पोखरेल, भक्तपुर प्रहरी परिसरका एसपी हिमालय श्रेष्ठ लगायत घटनास्थलमा खटिएका छन् । घटनाबारे अनुसनधान भइरहेकाले यसबारे थप केही बोल्न नमिल्ने प्रहरीले बताएको छ ।
काठमाडौं परिसरका एसपी विश्वराज पोखरेलका अनुसार ‘अनुसन्धानमा डेढ सय प्रहरी खटिएका छन्, १/२ घन्टामै सत्यतथ्य बाहिर जानकारी दिएका छन् ।










प्रतिक्रिया दिनुहोस्