समाचार

मोटरसाइकल दुर्घटनामा परि एकको मृत्यु : एक घाइते



साउन २२, मोरङ । सुनवर्षी नगरपालिका–२ झपरतोलमा मोटरसाइकल दुर्घटनामा परी रतुवामाई नगरपालिका–२ का ५५ वर्षीय जगदीश साहको मृत्यु भएको छ भने एक घाइते भएका छन् ।

गएराति पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मे ३ प ६६९४ नं.को मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको मे ३ प ९३१० नंको मोटरसाइकल एकापसमा ठोक्किँदा ६६९४ नं.को मोटरसाइकल चालक साहको मृत्यु भएको हो ।

घाइते भएका साहको उपचारका क्रममा रंगेली अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ । दुर्घटनामा परी अर्को मोटरसाइकलका चालक सुनवर्षी– ६ का ४५ वर्षीय रुपनारायण ताजपुरिया घाइते भएका छन् । उनको न्यूरो अस्पताल विराटनगरमा उपचार भइरहेको प्रहरी कार्यालय रंगेलीले जनाएको छ।