साउन २२, काठमाडौं । सरकारले गएको आर्थिक वर्षमा लक्ष्य भन्दा धेरै राजश्व उठाएको दाबी गरेको छ ।
अर्थ मन्त्रालयले ७ खर्ब ३२ अर्ब रुपैयाँ राजश्व संकलन भएको जनाएको छ । बेरुजु रकम समेत जोड्दा ७ खर्ब ६६ अर्ब रुपैयाँ राजश्व संकलन भएको अर्थको दावी छ ।
सरकारले आर्थिक बर्ष २०७४/७५ मा उठाएको राजश्वको जिल्लागत विवरण पनि सार्वजनिक गरेको छ । जिल्लागत विवरणमा सबैभन्दा धेरै राजश्व ललितपुरले उठाएको छ । रुकुम पूर्वमा सबैभन्दा कम ३१ लाख ६१ हजार रुपैँया मात्रै राजश्व संकलन भएको छ ।













प्रतिक्रिया दिनुहोस्