साउन २२, काठमाडौं। वर्षा लागेसँगै उपत्यकासहित पहाडी क्षेत्रमा स्क्रब टाइफस रोगका संक्रमण बड्दै गएको छ ।
यो रोगको समयमै पहिचान नहुँदा संक्रमण बढ्दै गएको सरुवा रोग विशेषज्ञ सरुवा रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनलेले बताएका छन् ।
काठमाडौं उपत्यकासँगै धादिङ, सिन्धुपाल्चोक लगायत पहाडी क्षेत्रमा स्क्रब टाइफसका बिरामी बढेका पाइएको छ । वर्षा लागे पछि स्क्रब टाइफसको जोखिम धेरै हुने डाक्टरले बताउँदै आएका छन् ।
डाक्टर पुनका अनुसार मुसामा पाइने किर्ना जस्तो संक्रमित स–साना किराको टोकाइबाट मानिसमा स्क्रक टाइफस रोग सर्दछ । गएको आर्थिक वर्ष २०७४/७५ मा काठमाडौं उपत्यकामा मात्रै ३ सय भन्दा बढीमा स्क्रब टाइफसको संक्रमण देखिएको थियो ।
प्रतिक्रिया दिनुहोस्