Banner News

स्थानीय चुनाव बैशाख ३१ मा गर्ने सरकारको घोषणा



काठमाडौं ९ फागुन, । निर्वाचन आयोगसंग परामर्श गरे लगतै सरकारले आगामी वैशाख ३१ गते स्थानीय तहको निर्वाचन गर्ने घोषणा गरेको छ । चुनाव घोषणा गर्नु अघि निर्वाचन आयोगसंग मरामर्श सरकारले गरेको थियो ।
मन्त्रिपरिषद्को सोमबार बसेको तेस्रो बैठकले निर्वाचन आयोगसँगको परामर्शमा स्थानीय चुनावको मिति गर्ने निर्णय गरेको हो । आयोगले वैशाख ३१ कै मितिमा आजै प्रस्ताव गरेको थियो ।

सुरुमा स्थानीय चुनाव दुई चरणमा गर्ने तयारी थियो । र, आयोगले जेठ १ र २१ को मिति प्रस्ताव गरेको थियो । तर, सत्तारुढ नेपाली कांग्रेस र माओवादी केन्द्रबीच आइतबार अबेर वैशाख अन्तिममा एकै चरणमा स्थानीय चुनाव गर्ने समझदारी भएको थियो । कांग्रेसका सभापति शेरवहादुर देउवाले वैशाखमा नै निर्वाचनको मिति तोक्ने अडान नछाडेपछि वैशाखमा नै घोषणा भएको स्रोतले जानकारी गरायो ।

चुनाव घोषणाको तयारीका क्रममा सोमबार मन्त्रिपरिषद् बैठक तीन पटक बसेको थियो । विहान बसेको पहिलो बैठकले स्थानीय तहको संख्या बढाउने निर्णय गर्दै स्थानीय विकासमन्त्री हितराज पाण्डे नेतृत्वको कार्यदललाई सात दिने समय दिएको थियो ।