समाचार

निष्पक्ष छानविनको माग : ‘इन्काउन्टर’मा मारिएका तामाङका परिवारद्वारा आयोगमा उजुरी



साउन २३, काठमाडौं । सोमबार भक्तपुरमा प्रहरीको गोलीबाट मारिएका निसान खड्काका हत्या अभियुक्त गोपाल तामाङ र अजय तामाङका परिवारले निष्पक्ष छानविन गरी दोषीमाथि कारवाहीको माग गर्दै राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दिएका छन् ।

अभियुक्त तामाङद्वय प्रहरीसँगको दोहोरो भिडन्तमा मारिएका हुन वा प्रहरीले हत्या गरेको हो निष्पक्ष छानविनको माग गर्दै आयोगमा निवेदन दर्ता गरेका छन् । परिवारका अनुसार प्रहरीले उनीहरुलाई आफ्नै कोठावाट निकाली जंगलमा पुर्याएर इन्काउन्टरको नाममा हत्या गरेको आरोप लगाएका छन् । त्यस्तै प्रहरीले इन्कान्टर भएको दावी गरेपनि प्रत्यक्षदर्शीहरुले भने इन्कान्टर झुटो भएको बताएका छन् ।