सम्पादकीय

महिनाभरिको हाजिर एकै दिन गरेर डा. राई जिल्ला बाहिर



जाजरकोट अस्पतालका चिकित्सकले भने महिनाभरीको हाजिरी एकैपटक गरेको पाइएको छ । आजकोयो खबर  कान्तिपुरमा छापेको छ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिस्ठानबाट काजमा खटिएकी स्त्रीरोग विशेषज्ञ डा. पूर्णिमा राईले महिनाको हाजिरी एकैपटक गरेकी हुन् ।

उनले गत साउन १८ गते नै आगामी ३१ गतेसम्मको हाजिरी गरेर नै जिल्ला छाडेको पाइएको हो । डा. राई गत जेठदेखि जाजरकोट अस्पताल गएकी हुन् ।

समाचारमा लेखिएको छ, जिल्ला स्वास्थ्य कार्यालयले उनलाई महँगो तलब दिएर जटिल प्रकृतिका सुत्केरीको शल्यक्रियाका लागि काजमा राखेको हो ।