साउन २५, चितवन । गृहमन्त्री रामबहादुर थापा बादलले प्रहरी हिरासतमा रहेका विप्लव समूहका प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड)ले कानुन उल्लङघन गरेकाले उनी अपराधी भएको बताउँदै कानुन अनुसार कारवाही हुने वताए ।
भरतपुर विमानस्थलमा भएको पत्रकार सम्मेलनमा गृहमन्त्री वादलले भने ‘प्रकाण्ड वारेन्ट जारी गरिएका व्यक्ति हुन्, गैरकानुनी काम र ध्वंसात्मक गतिविधिमा संलग्न थिए, चन्दा आतंक मच्चाएकाले पक्राउ गरिएको हो ।’
गृहमन्त्री बादलले गृहमन्त्रालयको काम नेपालका कानुन अक्षरस कार्यान्वयन गर्नु हो, अपराधीलाई नियन्त्रणमा लिने र सजाय दिने हो, अपराधीलाई नियन्त्रण लिने क्रममा अनेकौं प्रकारका घटनाहरु आईपर्ने बताए । त्यस्तै उनले विप्लपलाई राजनैतिक समाधानको वाटो रोज्न आग्रह गर्दै वार्ता र छलफलमा आउन आग्रह समेत गरे ।










प्रतिक्रिया दिनुहोस्