साउन २६, एजेन्सी । कंगोको पूर्वी क्षेत्रमा इबोलाले डरलाग्दो रुप लिदैं थप दश जनाको मृत्यु भएको छ ।
युगाण्डा र रुवाण्डासँगको सिमा क्षेत्रमा पर्ने दक्षिण किभु प्रान्तमा यही अगस्ट १ तारिखमा इबोलासम्वन्धी ४४ बिरामी फेला परेको र अन्यस्थानमा पनि इबोलाको शंकास्पद बिरामीहरु भेटिएको पुष्टि भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
स्थानीय अधिकारीहरूले शुक्रबार दिएको जानकारी अनुसार अरु २७ जनाको पनि इबोलासम्वन्धी रोगका कारणले नै मृत्यु भएको आशंका गरिएको छ । कंगोका विभिन्न ठाउँमा इबोलाका कारण यसअघि हजारौं मृत्यु भइसकेको समाचारमा जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्