साउन २७, भक्तपुर । विकासे नीतिलाई आफ्नो मुख्य ध्येय लिने नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का युवा नेता, पूर्व उद्योगमन्त्री तथा सांसद महेश वस्नेतको विषेश पहलमा भक्तपुर जिल्लाको गठ्ठाघर स्थीत नागरिक उड्डयन प्राधिकरणको जग्गामा अन्तराष्ट्रिय स्तरको सभागृह तथा एटियस विल्डिङ निर्माण हुने निश्चित भएको छ ।
शनिवार पर्यटन मन्त्रालयमा भएको छलफलले गठ्ठाघरमा रहेको प्राधिकरणको १८९ रोपनी जग्गामा पाँच हजार क्षमताको अन्तराष्ट्रिय स्तरको सभागृह तथा एटियस विल्डिङ बनाउन तुरुन्तै कार्य प्रारम्भ गरी एक भर्ष भित्रमा सम्पन्न गर्ने निर्णय भएको छ ।
सांसद वस्नेतकै नेतृत्वमा भक्तपुर ठूला ठूला राष्ट्रिय स्तरका विकास निमार्णका कार्यहरु शुरु भईसकेका छन् । कोटेश्वरको सडक जाम व्यवस्थापन सम्बन्धी कार्य, उज्यालो अरनीको राजमार्ग, स्मार्ट सिटी, सुरुङ मार्ग, सहरी विकास अन्तर्गतका प्लानिङ, खानेपानी, अन्तराष्ट्रिय स्तरको रंगशाला, नदीको दायाँ वाँया करिडोर लगायतका सयौं विकासका योजनाहरु द्रुत गतिमा काम अघि वढेरहेका छन् ।
उक्त सभागृह बन्ने निश्चित भएपश्चात उक्त क्षेत्रका केही व्यक्ति जो विरोधका भरमा राजनीति चलाउनेहरुको लागि भने टाउको दुखाई भएको छ । उक्त क्षेत्रमा सांसद प्रेम सुवालले सदनमासम्म अन्तराष्ट्रिय स्तरको रंगशाला, कर्वोड हल, सभागृह, प्रदेश नं. ३ को राजधानी जस्ता विकास निमार्णका कार्यहरु भक्तपुर जिल्लामा नभई अन्य जिल्लामा बनाउनु पर्ने भन्दै विश्लेषण गर्ने गरेका छन् ।
छलफल कार्यक्रममा पर्यटन मन्त्री रबिन्द्र अधिकारी,प्रतिनिधि सभा सदस्य बस्नेत, गृहसचिव प्रेम राई, पर्यटन सचिव कृष्णप्रसाद देवकोटा, नागरिक उड्डयनका महानिर्देशक सन्जिब गौतम, भक्तपुरका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्ट, एस पि हिमालय कुमार श्रेष्ठ, मध्यपुर नगरपालिकाका मेयर मदन सुन्दर श्रेष्ठ र कार्यकारी कमल ज्ञवाली, नेकपा भक्तपुर जिल्ला पार्टी कमिटीका अध्यक्ष बचन देउजा लगायतको उपस्थितीमा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।










प्रतिक्रिया दिनुहोस्