Banner News

विकास विरोधी सस्तो राजनीति नगर्नुहोस्: सांसद वस्नेत



साउन २७, भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी पूर्व उद्योग मन्त्री तथा सांसद महेश वस्नेतले विकासको विरोध गरी सस्तो राजनीति नगर्न आग्रह गर्दै कामको सम्मान गर्न नसक्नेले बिकासको विरोध नगर्न आग्रह गरेका छन् ।

शुक्रवार भक्तपुर जिल्ला समन्वय समितिको दोस्रो सम्मेलनका क्रममा बोल्दै सांसद वस्नेतले भक्तपुर जिल्ला समन्वय समितिले राज्यले दिएको अधिकार भन्दा धेरै ठूलो भिजन दिएको बताउँदै समन्वय समितिलाई अधिकार सम्पन्न, प्रभावकारी, स्रोतसाधनले भरिपूर्ण वनाउनु पर्ने धारणा व्यक्त गरे । जिल्लाका ठूला ठूला विकासका कार्य गर्न समन्वय समितिको मुख्य भुमिका रहने भन्दै मनोहरा प्लानिङ्गमा काठमाडौं महानगरपालिकाले अलि वढि वर्चश्व जमाउन खोजेको कारणले गर्दा त्यसको असर मध्यपुर ठिमि नगरपालिकाका जनतालाई परेका कारण काममा ढिलाई भएको बताए ।

सांसद वस्नेतले संघियता कार्यान्वयनको पहिलो वर्षमा रहेको जसमा धेरै कानुन निमार्ण गरी संविधान कार्यान्वयन गर्नु पर्ने भएको बताउँदै संघियताको वारेमा व्यापक छलफल गरी तीन वटै तहलाई कसरी प्रभावकारी वनाउन सकिन्छ ? भन्ने समिक्षा गरी अघि वढ्नुपर्ने धारणा व्यक्त गरे ।

स्थानीय तहमा कर्मचारीलाई जवरजस्ती पठाउनु पर्ने वाध्यता रहेको भन्दै सरकारले कर र राजस्व भाडफाडका विषयमा काम गर्न ढिलाई भइरहेको बताए ।

सांसद वस्नेतले अरनिका राजमार्गलाई उज्यालो, सुरक्षित तथा सफा राजमार्ग बनाउन जिल्ला समन्यव समितिको भुमिका मुख्य रहने वताउँदै सवै नगरपालिकाहरुले समन्वय समितिसँग सहकार्य गरी अघि वढ्न आग्रह समेत गरे ।

भक्तपुरमा विर अस्पताल, प्राणी उद्ययन, कर्वोड हल, स्मार्ट सिटी, रंगशाला, ५००० क्षमताको सभागृह लगायतका धेरै राष्ट्रिय गौरवका विकास निमार्णका कार्यहरु अघि वढिसकेको सन्दर्भमा विकास विरोधी नारायणमान विजुक्छे, प्रेम सुवालले प्रदेश नं. ३ को राजधानी वन्न नदिन, अन्तराष्ट्रिय रंगशाला वन्न नदिने व्यापक खेल खेलिरहेको बताए । कार्यक्रममा वोल्दै सांसद वस्नेतले विजुक्छे, सुवाललाई लिक्षित गर्दै भने ‘भक्तपुरमा स्मार्ट सिटी, रंगशाला नचाहिने नेमकिपाका कार्यकर्तालाई लिखित रुपमा निवेदन दिन आग्रह गर्दै निवेदन दिएका कार्यकर्ताको जग्गा स्मार्ट प्लानीङ गर्दा कानो हुने र त्यस पश्चात कार्यकर्ताले रुदै आशु झार्दै तपाईको घर घेर्न आउन वाध्य हुनेछन् ।’

कुनै व्यक्तिको जग्गाले रंगशाला निमार्ण गर्ने नभई सरकारी जग्गालाई एकिकृत गरी निर्माण गरिने भएकाले कुनै पनि जनताको जग्गा अतिक्रमण गर्ने हैन त्यसलाई व्यापक सुविधासम्पन्न वनाईने बताए । रंगशालाको निमार्ण पश्चात आर्थिक तथा सामाजिक रुपमा उन्नतीको बाटो खोलीने बताउँदै सांसद वस्नेतले भक्तपुरको विकास तथा भक्तपुरका जनता सफामा वस्ने चाहानामाथि कसैले कुठाराधात नगर्न चेतावनी समेत दिएका छन् ।

भक्तपुरको विकासका विरोधीहरुलाई लक्षित गर्दै सांसद वस्नेतले भने ‘सम्मान गर्न सक्नुहुन्न भने विरोध नगर्नुहोस् ।’ त्यस्तै देशमा अत्याधिक रुपमा वढ्दै गईरहेको वलत्कार तथा अपराधिक कार्य प्रति चिन्तीत हुँदै अवका दिनमा वलत्कार तथा अपहरणकारीलाई फाँसि दिन मिल्ने प्रकारको कानुन वनाई अघि वढ्नुपर्ने बताए ।

कार्यक्रममा नेपाल सरकारका संघिय मामिला तथा सामान्य प्रशासन मन्त्री लालवावु पण्डित, प्रदेश सांसद शसिजंग थापा, राजेन्द्रमान श्रेष्ठ, जिल्ला समन्वय समितिका सभापति नवराज गेलाल, प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्ट, सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापा, मध्यपुर नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठ, भक्तपुर प्रहरी प्रमुख लगायतका विशिष्ठ व्यक्तिहरुको अतिथ्यता रहेको थियो ।