साउन २९, काठमाडाैं । प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि भारतले महत्वपूर्ण योगदान दिएको बताएका छन ।
मित्र राष्ट्र भारतको ७२ औं स्वतन्त्रता दिवसको अवसरमा मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै सभामुख महराले नेपाल र भारतीय जनताबीचको सम्बन्धलाई अझै आत्मीय बनाउनुपर्नेमा जोड दिए ।
तेसैगरी कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले परिवर्तित सन्दर्भ अनुसार नेपाल–भारतबीचको सम्बन्धलाई नयाँ उचाईमा पुर्याउनुपर्नेबताए ।
उनले नेपाली जनताले भारतबाट सहयोगको धेरै अपेक्षा गरेको भन्दै त्यसमा ध्यान दिन पनि दुवै मुलुक सक्षम हुने विश्वास समेत व्यक्त गरेका छन् ।










प्रतिक्रिया दिनुहोस्