साउन २९, काठमाडौं । अर्थमन्त्री डा.युवराज खतिवडाले सर्वसाधारणलाई करको मारमा नपार्न सरकार सचेत रहेको बताएका छन् ।
उनले कतिपय स्थानीय सरकारले नबुझेर करसम्बन्धि निर्णय लिएको उल्लेख गर्दै त्यसमा सुधार गर्न सरकारले आन्तरिक छलफललाई अघि बढाएको भन्दै स्पष्ट पारेका छन्। संविधानमा व्यवस्था भए बमोजिम कर असुली गर्ने विषयमा कुनै समस्या नरहेको दावी पनि गरे ।
खतिवडाले व्यापार घाटा कम गर्न सरकारले कृषि, उर्जा र निर्माण सामग्रीको उत्पादनमा वृद्धि हुने गरी योजना अघि सारेको पनि स्पष्ट पारे । बैठकमा समितिका सदस्यहरुले आर्थिक समृद्धिका लागि व्यापार घाटा कम गर्न, वैदेशिक लगानी भित्रयाउन विशेष जोड दिन अर्थमन्त्री खतिवडाको गम्भिर ध्यानाकर्षण गराएका थिए ।










प्रतिक्रिया दिनुहोस्