राजनीति

सांसद वस्नेतले पहल गरेको ४ दिनमै वाढी प्रभावित स्थालमा रकम विनियोजन



साउन २९, भक्तपुर । नेकपाका युवा नेता, पूर्व उद्योगमन्त्री तथा सांसद महेश वस्नेतले पहल गरेको चार दिनमा नै वाढीका कारण डुवानमा परेको ठाउँमा एक करोड रकम विनियोजना गराउन सफल भएका छन् ।

सांसद वस्नेतको साउन २५ गते सहरी विकास तथा भवन निमार्ण विभागमा भक्तपुरको वाढी प्रभावित क्षेत्रमा आवश्यक वजेट विनियोजन गर्न विशेष पहल गरेका थिए । सोही अनुसार विभागले उक्त एक करोड सकम विनियोजन गरेको हो । उक्त विनियोजन भएको बजेट मध्येमा डिपीआर गर्न रु २० लाख र वाँकी ८० लाख आयोजना कार्यान्वयननको लागि रकम विनियोजन भएको हो । सांसद वस्नेतले डिपीआर गरि ड्रेनेजको उचित व्यवस्था गरीदिन आग्रह गरेका थिए । सोहि आग्रह अनुसार उक्त रकम विनियोजन भएको हो ।

वाढीका कारण भक्तपुरको सूर्यविनायक नगरपालिका तथा मध्यपुर नगरपालिका नगरपालिकाका ८ वटा वडाहरु डुवानमा परेका थिए । बजेट विनियोजनसँगै प्रभावित क्षेत्रमा कार्य प्रारम्भ भइसकेको छ ।

सांसद वस्नेतको नेतृत्वमा प्रदेश सभा सदस्य शसिजंग थापा, सुर्यविनायक नगरपालिकाका मेयर बासुदेव थापा, उपत्यका विकास प्राधिकरणका नायव बिकास आयुक्त नवराज प्याकुरेल, नेकपा भक्तपुर जिल्ला कमिटीका अध्यक्ष बचन देउजा सहितको टिमले विभाग प्रमुख मणिराम गेलाललाई उनकै कार्यालयमा गई उक्त पहल गरेका थिए ।