राजनीति

सरकारले स्थानीय तहमा रोजगार सूचना केन्द्र स्थापना गर्ने



साउन ३०, काठमाडौं ।  सरकारले सबै स्थानीय तहमा रोजगार सूचना केन्द्र स्थापना गर्ने भएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले रोजगारीको अवसर सिर्जना हुनेगरी ७ सय ५३ वटै स्थानीय तहमा रोजगार सूचना केन्द्र स्थापना गर्न लागिएको जानकारी दिएका छन् ।  संघीय संसद उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै  रोजगारीको हकलाई मौलिक हकको रुपमा प्रत्याभूति गराउन रोजगारसम्बन्धी ऐन पनि छिट्टै संशोधन गर्ने कार्ययोजना अघि सरेका हुन्  ।

 रोजगारीको अवसर नपाएका गरिब समुदायलाई पनि न्यूनतम १०० दिन रोजगारीको अवसर सिर्जना गर्ने मापदण्ड पनि सरकारले तयार पारेकोभन्दै सरकारले चालू आर्थिक वर्ष भित्र कम्तीमा १ लाख रोजगारीको अवसर सिर्जना गर्ने लक्ष्य लिएको स्पष्ट पारेका छन्  ।